नवलपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अबको शिक्षा व्यवहारिक र प्रविधि मन्त्री हुनुपर्नेमा जोड दिएका छन् ।
कावासोती ४ मा रहेको सरस्वती नमुना माविको ४६ औं वार्षिकत्सव तथा नमुना माविको १२ कोठे भवन उद्घाटन गर्दै उनले यस्तो बताए ।
मन्त्री पौडेलले सामुदायिक विद्यालयले सीमित स्रोतसाधनबीच उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गर्दै सामुदायिक विद्यालयमा धेरै समस्या रहेको र त्यस समस्याको समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए ।
मन्त्री पौडेलले अहिलेको शिक्षा घोकन्तेमात्र नभए व्यवहारिक हुन सके मात्र उपयोगी हुने बताउँदै सामुदायिक विद्यालयमा अझ बढी ध्यान दिनु पर्नेमा जोड दिए ।
निजी विद्यालयमा सत्प्रतिशत नतिजा ल्याउनका लागि मात्र विद्यार्थीलाई घोकाउने प्रचलन रहेकाले त्यसो गर्दा भोलिका दिनमा विद्यार्थीको सर्टिफिकेटमा मात्र सीमित हुने भएकाले प्राविधिक र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने पौडेलको जिकीर थियो ।
हरेक विद्यार्थीमा आफूले सिकेको सीप र ज्ञान हासिल गरेका शिक्षा व्यवहारमा लागु हुने खालको हुनुपर्ने भन्दै सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको र नतिजा पनि राम्रो आएकाले यसतर्फ शिक्षक, विद्यार्थी र अभिभावक लाग्न आग्रह गरे ।
कार्यक्रममा सांसद तिलक महत, गण्डकी प्रदेश विधायन समिति संयोजक विष्णु लामिछाने, प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, कावासोती नगर प्रमुख चन्द्रकुमारी पुन, जिल्ला समन्वय प्रमुख कृष्णचन्द्र पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्दै शिक्षालाई प्रभावकारी तवरले लाग्न सवै लाग्नु पर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय प्रअ विष्णु न्यौपानेले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत
फिस्टेल एसइई कप २०८१ को तयारी
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१