लोकनृत्य कलाकार संघबाट सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
artist~

पोखरा । लोकनृत्य कलाकार संघ कास्कीको प्रथम वार्षिकोत्सव कलाकार सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । संस्थाले गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ तथा पुराना नृत्य कलाकार कृष्णबहादुर तामाङ (माइकल) लाई सम्मान गरेको हो ।
त्यस अवसरमा गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले कला संस्कृतिलाई जोगाइराख्नुपर्नेमा जोड दिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ र उपकुलपति गोरे गुरुङले लोकसंस्कृति संरक्षणका लागि प्रतिष्ठान प्रतिबद्ध रहेको बताए ।
सो अवसरमा गायक वीनित जोजिजु धनबहादुर गुरुङ र सविना गुरुङले गीत प्रस्तुत गरेका थिए ।
यसैगरी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा र सल्लाहकार हुम गुरुङले पनि शुभकामना व्यक्त गरेका थिए । सांस्कृतिक कार्यक्रममा कलाकार स्मृति चपाइँ, सदीक्षा खड्का, सुस्मिता शर्मा, रेशम गुरुङ, प्रतीक्षा थापा, मनसुभा नेपाली, संगीता आले, सुजन थापामगर, सुरज तामाङ, एञ्जल गुरुङ, आशीका गुरुङ, गुञ्जन श्रेष्ठ, खुसी क्षेत्री, दृष्टि थापामगर, परि थापामगर, एलिना सुनार र वीनिता गुरुङले नृत्य प्रस्तुत गरेका थिए ।
संघ अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम उपाध्यक्ष सनबहादुर गुरुङले स्वागत तथा सचिव राहुल थापामगरले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width