देशमा अहिले राजनीतिक चहल–पहल बढ्दो छ । राजनीतिक नेताहरु र कार्यकर्ताहरु यताउता दौडधुप गरिरहेका छन् । उनीहरु आपसी सल्लाह परामर्शमा व्यस्त छन् । अधिवेशन र महाधिवेशनको चर्चा चलेको छ । आपूmले कुन पदमा उम्मेदवारी दिने र माथिल्लो पदमा कुन नेतालाई समर्थन गर्ने सम्बन्धमा नीति र रणनीति तयार गर्दैछन् । महाधिवेशन गर्नलाई सबभन्दा गाह्रो नेपाली कांग्रेसलाई भएको छ । त्यसको क्रियाशील सदस्यताको मामिला अभैm टुंगिएको छैन । महाधिवेशन नजिक आएको छ, तर क्रियाशील सदस्यताको समस्या उठाएर कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा अनसन बसिरहेका छन् । एमालेले सहमतिको नारा दिएर अधिवेशनमा सम्पन्न गरेको छ । त्यसको सम्पूर्ण ध्यान चितवनमा हुने महाधिवेशनमा केन्द्रीत भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि त्यही काममा लागि परेको छ । ती पार्टीहरु त्यसरी महाधिवेशनका लागि लागि परिरहेका बेला नेकपा मालेलेभने चितवनमा आफ्नो आठौं महाधिवेशन प्रारम्भ गरेको छ ।
माले पार्टीका महासचिव सिपी मैनालीले चितवनमा आयोजित एक समारोहमा आठौं महाधिवेशनको उद्घाटन गरे । महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने भनिएको छ तापनि केन्द्रीय महासचिवमा फेरि पनि सिपी मैनाली नै हुने निश्चय प्राय छ । त्यो पार्टीमा उनको प्रतिद्वन्द्वी नेताहरु देखा परेका छैनन् । सिपी मैनालीको चर्चा गर्नासाथ मानिसहरुले पुरानो मालेको सम्झना गर्दछन् । त्यसबेला अर्थात् झापा काण्डको बेला नेता मैनालीको व्यक्तित्वको चर्चा शिखरमा थियो । उनी त्यस पार्टीका संस्थापक महासचिव थिए । उनको माले पार्टी अरु पार्टीहरुसँग मिलेर एमाले बन्यो । महाकाली सन्धिले एमालेमा फुट ल्यायो । एमाले विभाजन भयो । राष्ट्रियताको नारा दिएर वामदेव गौतम, साहना प्रधान र मैनालीले फोरेर माले गठन गरे ।
माले पार्टी त्यसबेलाको चुनावमा नराम्रोसँग हारेपछि वामदेव र साहना प्रधान एमालेमा फर्के भने मैनाली आफ्नै पार्टीमा रही रहेका छन् र पार्टीको चुनौतीविहीन महासचिव भएका छन् । मालेको निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद भन्ने गरेको छ तापनि त्यो पार्टी एकीकृत माक्र्सवाद, लेनिनवाद पार्टीसँग पनि मिल्न सकेको छैन भने माओवादी केन्द्रसँग पनि ऊ उत्तिकै टाढा भएर बसेको छ । त्यसले राष्ट्रियताको सबाल बराबर उठाउने गरेको छ । राष्ट्रियताको सबाल उठाएको कारणले पनि त्यो पार्टीहरु सानो पार्टीभन्दा बेग्लै किसिमको मानिन्छ । अरु ठूला पार्टी भ्रष्टाचार, विकृति र विसंगतिमा जेजसरी चुर्लम्म डुबेको मानिन्छन् त्यस्तो विकृति, विसंगति आपूmभित्र नभएको दाबी त्यसका नेतृत्वले गर्ने गरेका छन् । आठौं महाधिवेशन त्यस पार्टीका लागि महत्वपूर्ण छ । महाधिवेशनले राम्रा–राम्रा नेताहरु चयन गर्न सके भने त्यसको भविष्य सुनिश्चित हुनेछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१