पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला गोष्ठी समापन भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको गोष्ठी एन प्याब्सनमा आबद्ध विद्यालयका अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी १ सय २० जना सहभागी भएको एनप्याब्सन परीक्षा उपसमितिका कार्यवाहक संयोजक सञ्जय पौडेलले जानकारी दिए । गोष्ठीको सहजीकरण डा.वेदप्रसाद ढकाल, रमेश भट्टराई, शान्ताराम लामिछाने र बामदेव पौडेलले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठ र एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले कार्यशाला गोष्ठीमा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख श्रेष्ठले कार्यशालाले आगामी दिनमा हुने परीक्षा प्रणाली अझै स्तरीय हुने विश्वास व्यक्त गरे ।
एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शिवराज पौडेल, प्रशिक्षक डा.वेदप्रसाद ढकाल, गोष्ठीमा सहभागीको तर्फबाट हिलसाइड बोर्डिङ स्कुलकी आरती सुवेदी, रत्नज्योति माविकी जमुना अधिकारी, अल्फा एकेडेमीका कृष्णप्रसाद धितालले बोलेका थिए । गोष्ठी दुई दिनसम्म चलेको थियो ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१