वालिङ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिसँगै लुकेर रहेका प्रतिभा अगाडि बढाउन आवश्यक पहल गर्ने बताएका छन् ।
वालिङ ८, भीमटारीस्थित भीमटारी युवा क्लबले भीमटारी सामुदायिक अध्ययन केन्द्रको सहकार्यमा आयोजना गरेको प्रथम शिव स्मृति स्याङ्जा जिल्लास्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन प्रतियोगिताको समापनमा विजयी खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले सो कुरा बताएका हुन् । उनले भने, ‘खेल क्षेत्रको विकास र खेलाडीहरुको क्षमता विकाससँगसँगै लुकेर रहेका नयाँ प्रतिभा अगाडि बढाउन आवश्यक पहल गर्नेछ ।’
कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका सचेतक भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले नयाँ खेलाडीको प्रतिभा प्रष्फुटन गर्न र अग्रज खेलाडीलाई खेल क्षेत्रमै रहिरहने वातावरण सिर्जना गर्न व्यवसायिकतासँगै जोड्नुपर्ने बताए ।
२ दिनसम्म सञ्चालित प्रतियोगितामा ‘ए’ र ‘सी’ वर्गका ६० टिम सहभागी भएको खेल संयोजक सचिन मल्लले जानकारी दिए । प्रतियोगितामा ‘ए’ वर्गतर्फ प्रथम बुद्धि राना र महेश राना आमडाली, द्वितीय दीपक राना र प्रकाश गुरुङ स्वरेक महापुर, तृतीय आयोजकका सचिन मल्ल र सुवास रेग्मी रहेका थिए । त्यस्तै ‘सी’ वर्गतर्फ प्रथम नवीन र हरि गल्याङ, द्वितीय विष्णु र कृष्ण स्वरेक महापुर, तृतीय याम र चुरामणि भुम्रे थिए ।
विजयीलाई मन्त्री गुरुङसहित प्रदेश सांसद मल्ल र नगर प्रमुख खाँणले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए ।
‘ए’ र ‘सी’ दुवै वर्गबाट प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमश ः २० हजार, १२ हजार र ५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको भीमटारी युवा क्लब अध्यक्ष सूर्य रेग्मीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१