विकास नेपालको सभा

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७८
bikash nepal~

पोखरा । विकास नेपालको १७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलले सभा उद्घाटन गर्दै सामाजिक संस्थाले सरकारको लक्ष्यलाई टेवा पुर्‍याउने सेतुको रुपमा काम गर्नुपर्ने बताए ।
विकास नेपालका अध्यक्ष डा. बुद्धिबहादुर थापा, गैसस महासंघ गण्डकीका उपाध्यक्ष गोपाल खड्का, विकास नेपालका सल्लाकार शिव कोइराला, उपाध्यक्ष बिमलाकुमारी केसी, सचिव डा खड्कसिंह गुरुङ, कोषाध्यक्ष पुष्पराज केसी लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width