लेउवा संघको निर्वाचित समितिलाई सम्मान

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७८
Samma LCCI team

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई परोपकार समन्वय संस्थाले बुधबार बधाई तथा सम्मान गरेको छ । निर्वाचित पदाधिकारी, सदस्य, संस्थागत सदस्य र एसोसिएट सदस्यलाई संस्थाको कार्यालयमा कार्यक्रम आयोजना गरी सम्मान साथैे शुभकामना व्यक्त गरिएको थियो ।
नवनिर्वाचत अध्यक्ष छत्रधर आत्रेयले सबैको साथ सहयोगले संघ अहिलेको अवस्थामा आएको बताए । उनले आगामी दिनमा संघको गरिमा बचाइराख्न यहाँ रहेका सामाजिक संघ, संस्थासँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा ३० का अध्यक्ष श्रीराम पोखरेलले निर्वाचनमा चुनाव जित्न विभिन्न पक्षसँग गरिएको एकता, प्रचारबाजी तथा सहकार्यलाई एक ठाउँमा राखेर संघलाई विशुद्ध सामाजिक संस्थाको रुपमा अघि बढाउन सुझाव दिए ।
संस्थाका उपाध्यक्ष चिरञ्जीवी तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामराज अधिकारी र धन्यवाद ज्ञापन सदस्य भीमकुमारी गर्वुजा मगरले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै