हिसान कास्की अध्यक्षमा यमबहादुर रोका

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७८
hisans

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान कास्कीको १९ औं साधारण सभा तथा आठौं अधिवेशनबाट यमबहादुर रोका अध्यक्ष चयन भएका छन् । अधिवेशनले उपाध्यक्ष दिवाकर जैसी, सचि ढाकाराम कँडेल, कोषाध्यक्ष सुन्दरप्रसाद ढकाल, सहसचिव पुरन कुँवर छन् ।

हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक मन्त्री मेखलालले कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा हिसानका केन्द्रित अध्यक्ष रमेश सिलवाल, अतिथिहरु प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक विष्णुनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

गत चैतमा भएको युनिभर्सिटी विंग्स र प्लस टु स्तरीय अंग्रेजी निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

यसैबीच हिसान कास्कीका संस्थापक डा. कर्णवीर पौडेल, सूर्यबहादुर जिसी, शेरबहादुर गुरुङलाई सम्मान गरिएको थियो । यस्तै स्व. डा. राधाश्याम कायस्थ एवं स्व. नारायण शर्मा चापागाईंलाई विशेष सम्मान गरिएको थियो ।

हिसान कास्कीका उपाध्यक्ष यमबहादुर रोकाले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव दिवाकार जैसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width