पोखरा । पोखरा जेसिसले ‘जेसिस सप्ताह २०२१’ आयोजना गर्ने भएको छ । भदौ २९ देखि असोज ४ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
व्यक्तित्व, नेतृत्व विकासमा महत्पूर्ण योगदान पुर्याउँदै आएको पोखरा जेसिसले पोखरा १८ सराङकोटको मणिज्योति आधारभूत विद्यालयमा लाइब्रेरी स्थापना गरी सप्ताहको उद्घाटन गर्नेछ । दोस्रो दिन कौसी खेती तालिम, तेस्रो दिन पटक पटक प्रयोग गर्न सकिने सेनिटरी प्याड निर्माण तालिम र चौथो दिन उद्यमीसँग युवा विषयमा अन्तरक्रिया गर्नेछ । असोज २ गते कोभिडपश्चात्को स्वास्थ्य सचेतनाका लागि परामर्श, असोज ३ गते संविधानसम्बन्धी बहसमूलक कार्यक्रम गर्ने छ भने अन्तिम दिन गण्डकी प्रदेशका युवाहरु माझ वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नेछ ।
वक्तृत्वकला प्रतियोगिताका लागि अनलाइनमार्फत फर्म वितरण भइसकेको इ. किरण केसीले जानकारी दिए । अनलाइनमार्फत हुने पहिलो चरणबाट उत्कृष्ट ५ जना छनोट हुनेछन् । ५ जनाबाट पहिलो हुनेलाई ८ हजार, द्वितीयलाई ५ र तृतीयलाई ३ हजार प्रदान गरिने उनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१