लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनको प्रथम उपाध्यक्ष पदमा व्यवसायी राजेन्द्र ओझाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छ्न् । स्थापनाकालदेखि साधारण सदस्यमा आबद्ध रहेका पुराना व्यवसायी ओझाले विभिन्न उपसमितिमा रहेर काम गर्दै २०७२ सालमा कार्यसमिति सदस्यमा अत्यधिक मतले जित्दै संघ प्रवेश गरेका हुन् । १ कार्यकाल कोषाध्यक्ष र १ कार्यकाल द्वितीय उपाध्यक्ष पदमा बसेर संघलाई महत्वपूर्ण योगदान दिइसकेका छन् ।
‘सिर्जनशील, उद्यमशीलता र आर्थिक समृद्धि आजको आवश्यकता’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका ओझाले विगतका चुनावमा जस्तै यसपालि पनि व्यवसायीहरुले प्रथम उपाध्यक्ष पदमा जिताउने विश्वास गरेका छन् ।
उनी भन्छन्,‘ मसँग स्पष्ट भिजन छ, उद्योगी तथा व्यवसायीलाई व्यवसाय गर्नको लागि लेखनाथ सहरलाई नयाँ पोखरा निर्माण गर्न विभिन्न निकायसँग आवश्यक पहल गर्नेछु । यो मेरो मुख्य एजेन्डा हो ।’
‘व्यवसायीहरुको हकहित संरक्षण गर्न, पर्यटन विकासका लागि विभिन्न निकायमा समन्वयको भूमिका खेल्न, बजार व्यवस्थापनमा सहजीकरण गर्दै कृषि उपज खरिद बिक्री केन्द्रलाई व्यवस्थापन रुपले सञ्चालन गर्न मेरो उम्मेदवारी रहेको छ ।’
‘दर्ता नै नगरी व्यवसाय गर्दै आएका पोके व्यवसायीलाई निरुत्साहित गर्दै व्यवसायीलाई परेका समस्या र मर्कामा उद्योग वाणिज्य संघ अभिभावक बन्नुपर्छ,’ ओझाले भने ।
व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट बाक्लो बनाएका ओझाले व्यक्तिको कामको मूल्यांकन हेरेर सक्षम व्यक्तिलाई वाणिज्य संघमा स्थान दिन अनुरोधसमेत गरेका छन् ।
पेसाले हार्डवेयर व्यवसायी रहेका ओझा नागरिक परोपकार समन्वय संस्थाको संस्थापक अध्यक्ष हुन् । विभिन्न सामाजिक संघ संस्थाको संलग्नताले सिकाएको अनुभवलाई उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष पदमा रहेर उपयोग गर्ने चुनौती ओझामा रहेको छ ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१