काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । शुक्रबार एक हजार ७५६ व्यक्तिमा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार ८२६ रहेका छन् ।
दुई हजार १९५ निको
सङ्क्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ व्यक्ति निको भई घर फर्किएका हुन् । शुक्रबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । आज निको हुने दर ९४।५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४।१ प्रतिशत, बिहीबार ९४।२ र शुक्रबार ९४।३ प्रतिशत निको हुने पुगेका छन् ।
नौ जनाको निधन
सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या विगत २४ घण्टामा घटेको पाइएको छ । सङ्क्रमणबाट आज नौ जनाको ज्यान गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको सङ्क्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४।६ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ५५४ जना सघन उपचारकक्ष ९आइसीयू०, १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९।५ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ छन् । एक लाख सात हजार ५९८ जनाले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१