मुक्तिनाथ कृषि कम्पनीको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७८
muktinath krisis

पोखरा  । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ । मुक्तिनाथ विकास बैंक लि. लगायत नेपालमा ख्यातिप्राप्त व्यावसायिक व्यक्तिको लगानीमा स्थापित मुक्तिनाथ कृषि कम्पनी सोमबारदेखि चौथो वर्षमा प्रवेश गरेको हो ।
हालसम्म कम्पनीले १५ भन्दा बढी जिल्लामा आधिकारिक व्यावसायिक साझेदार निर्माण गरी ५० भन्दा बढी जिल्लाका कृषकलाई गुणस्तरीय सेवा बिस्तार गरेको मुक्तिनाथ विकास बैंकका कार्यकारी अधिकृत भरतराज ढकालले जनाए । साथै कृषकलाई समयानुकूल आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिम लगायत अभियान सञ्चालन गर्दै आएको उनले जनाए । कम्पनीले तेस्रो वार्षिकोत्सव अवसरमा आव २०७७/०७८ मा उत्कृष्ट व्यावसायिक साझेदार गर्ने विभिन्न कम्पनी, फर्म, कृषक समूहलाई पुरस्कृत गरेको छ ।
कम्पनीले गरेका असल कार्यको निरन्तरता दिँदै यसै वर्षदेखि देशभरी नै व्यवसाय विस्तार गर्नको लागि स्थानीय कम्पनी/फर्म/एग्रोभेट/कृषक समूह/सहकारीसँग संस्थागत सहकार्य गर्दै कृषकलाई आवश्यक उत्पादनका साधन, प्रविधि, पुँजी र कृषि उपजको बजारीकरणमा व्यवस्थित गरी उपभोक्तालाई सहज, सरल र सुरक्षित खाद्य वस्तुहरु उपलब्ध गराउने दिशामा कम्पनी सधैं अग्रसर रहने प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तवले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width