पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताएका छन् ।
पुम्दीकोट विकास समितिले पोखरा २२ मा बनाउँदै गरेको विशाल महादेव मूर्ति अवलोकनपछि सोमबार उनले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसै अनुसारको योजना बनाएर अघि बढ्ने भनाइ राखे ।
उनले नवलपुरको गजेन्द्रमोक्ष धाम देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । जनस्तरबाट सुरु गरेर यति ठूलो लगानीमा काम भएकामा प्रशंसा गर्दै विगतमा वर्षमा जस्तै प्रदेश सरकारको सहयोग निरन्तर रहने उनले बताए । प्रदेश सरकारले यो वर्ष पनि ५० लाख रुपैयाँ पुम्दीकोटका लागि छुट्याएको छ ।
पुम्दीकोट पुग्ने बाटाका बारेमा सम्बोधन गर्दै उनले भने, ‘पुम्दीकोटका महत्वलाई बुझेर क्षमता अनुसार सहयाग साथै आसपासका बाटोका लागि संघ सरकारसँग समन्वय हामीले गर्नेछौं ।’
अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पुम्दीकोट पुग्ने बाटो निर्माण प्राथमिकतामा राख्नुपर्ने बताए । धार्मिक पर्यटकीय केन्द्रका रुपमा स्थापित पुम्दीकोटमा मन्दिरका लागि सरकाररले अझै रकम थप्नुपर्ने पनि उनको भनाइ थियो । ‘यो लगानीले रिटर्न दिन्छ, सबै दलहरु यसमा प्रतिबद्ध छन्, राज्यस्तर र जनस्तरबाट लगानी भएको परियोजनालाई सार्थक बनाउने जिम्मा पनि हाम्रै हो ।’ कार्यक्रममा मन्त्रीहरु कुमार खड्का, मेखलाल श्रेष्ठ, विन्दुकुमार थापा, चन्द्रबहादुर बुढा, दीपक थापा सहभागी थिए । मुख्यमन्त्रीसहित मन्त्री र सांसदको टोलीले मूर्ति निर्माणस्थलको अवलोकन गरेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस सचेतक ओमकला गौतमले पर्यटन प्रवद्र्धनबाटै समृद्धि सम्भव भएको र धार्मिक केन्द्रहरुको निर्माणले यसमा अझै टेवा पुग्ने बताइन् ।
समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनस्तरबाट थालेको प्रयासले अहिले विशाल रुप लिएको भन्दै विश्वकै पर्यटकहरु आकर्षण गरिने थलो भएको सरकारीस्तरबाट समेत थप सहयोगको अपेक्षा गरे । पुम्दीकोटलाई शिवधामका रुपमा स्थापित गरी धार्मिक केन्द्रका रुपमा विकास गरेमा स्वाभाविक रुपमा आम्दानी बढेर जाने उनको भनाइ थियो ।
कांग्रेस नेता खेमराज पौडेलले पोखरा बजार नजिकै रहेको पवित्रस्थल पुम्दीकोटमा बन्दै गरेको संरचनाले गण्डकी प्रदेशकै मुहार फेर्न विश्वास व्यक्त गरे । वडाध्यक्ष मित्रलाल बरालले पुम्दीकोट पुग्न धेरै सडक भए पनि एउटै पनि पिच नहुँदा समस्या परेको बताए । पुम्दीकोट विकास समिति उपाध्यक्ष हिमलाल बरालले सबैको सहयोगबाट पुम्दीकोट यो अवस्थामा पुगेको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरे ।
समितिका सचिव प्रकाश बरालले पुम्दीकोटको ऐतिहासिक पक्षबारे जानकारी गराउँदै प्रदेश सरकारले यसको स्वामित्व लिएर प्रवद्र्धमा जोड दिन आग्रह गरे ।
आर्किटेक्ट इन्जिनियर बाबुराम बरालले युवा इन्जिनियहरुको साथ लिएर सबै खालका अध्ययनपछि पुम्दीकोटमा यति ठूलो संरचना निर्माण गरिएको बताए उनले भने, ‘म आफैं इन्जिनियर हो, यसमा धेरै युवा साथीहरुको साथ लिएका छौं, पुम्दीकोटलाई शिवमय, शिवलोक, शिवधामका रुपमा स्थापित गर्न हामी क्रियाशील छौं ।’ प्रविधि नेपालकै भए पनि महादेवको मूर्ति भने भारतबाट मगाउनु परेको उनले बताए ।
भारतको मथुराबाट ल्याइएको मूर्ति रेनफोर्स फाइबरको रहेको र यो कम्तीमा पनि १ सय वर्ष टिक्ने बताए । आगामी दिनमा पल्तिरको डाँडामा कुमार र पार्वतीको मूर्ति बनाउने लक्ष्य रहेको भन्दै उनले शिव म्युजियम बनाउने लगायत योजना सार्वजनिक निजी साझेदारीमा गर्न सकिने भनाइ राखे । पुम्दीकोटमा राखिएको महादेवको मूर्ति ५५ फिट अग्लो छ । अध्यक्ष बरालले अहिलेसम्म ७५ प्रतिशत काम सकिएको र २५ प्रतिशत काम पनि छिट्टै सकिने जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१