वृद्धाश्रमको ४ कोठ भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७८
building udgatan

लेखनाथ । पोखरा ३२ को राधाकृष्ण मन्दिर वृद्वाश्रम परिसरमा नवनिर्मित ४ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले भवन उद्घाटन गरेकी हुन् । उनले वृद्धवृद्धाहरु समाजका पथप्रदर्शक भएको बताउँदै वृद्धआश्रममा आश्रित ज्येष्ठ नागरिकको दैनिकीलाई सरल र सहज बनाउने उद्देश्यले निर्माण भएको भवनले उनीहरुको दैनिकी सहज हुने विश्वास गरिन् । स्थानीय, प्रदेश र केन्द्रीय सरकारमार्फत थप सहयोग गर्नुपर्ने बताउँदै आगामी वर्षका लागि मन्त्रालयबाट १५ लाख विनियोजन गरेको जानकारी दिइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ३० लाख सहयोगमा भवन निर्माण गरिएको हो ।
कार्यक्रममा पोखरा राधाकृष्ण मन्दिर वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल, प्रथम उपाध्यक्ष विश्वराज लामिछाने, संस्थाकी पूर्व कोषाध्यक्ष पवित्रा अधिकारी, संस्थाका अक्षयकोष दाता महेन्द्रकुमार श्रेष्ठलगायतले बोलेका थिए ।
यसैबीच ज्येष्ठ नागरिकको सेवामा समर्पित राधाकृष्ण वृद्धाश्रमको स्थापना र श्रीवृद्धिमा योगदान पु¥याएका संस्थाका पूर्व कोषाध्यक्ष पवित्रा अधिकारी, संस्थाका सदस्य चन्द्रबहादुर सुवेदी, सुष्मिता चापागाईं र पार्वती घिमिरेलाई सम्मान गरिएको थियो ।
आश्रममा रहेका ज्येष्ठ नागरिकको दैनिकी सहज बनाउन पोखरा ३०, पावरहाउसका हाल अमेरिका बस्ने कृष्णराज लिगलले १ लाख २० हजारको अक्षयकोष स्थापना गरेका छन् । यस्तै पोखरा १७ ड्यामसाइड निवासी महेन्द्रकुमार श्रेष्ठले ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापनाका लागि संस्थाका अध्यक्ष प्रेम लिगललाई रकम हस्तान्तरण गरेका छन् ।
२०६८ सालमा स्थापित राधाकृष्ण वृद्धाश्रममा हाल ६० जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् । वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको अध्यक्षता भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विश्वराज लामिछानेले स्वागत र महासचिव शोभामोहन पौडेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width