शुक्ला साहित्यमा स्रष्टा छनोट समिति

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७८
suklagandaki sahitya

पोखरा । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौर पोखराले स्रष्टा छनोट गर्न समिति गठन गरेको छ ।
प्रतिष्ठानका मानार्थ सदस्य रामबहादुर बानियाको संयोजकत्वमा डा. पुष्पा केसी भण्डारी, मदनबहादुर केसी, इन्दु भट्टराई र वरिष्ठ उपाध्यक्ष हरि बरुवाल रहेको ५ सदस्यीय समिति गठन गरेको हो ।
प्रतिष्ठानले प्रत्येक २ वर्षमा २५ हजार ५ सय ५५ राशिको मदन चन्दा साहित्य तथा समाज सेवा पुरस्कार, १० हजार १ सय १ राशिको चेतबहादुर वरवाल लोक साहित्य पुरस्कार र ११ हजार १ सय ११ रुपैयाँ राशिको शुक्ला साहित्य बाल गौरव पुरस्कार प्रदान गर्दै आएको अध्यक्ष सुमनराज पौडेलले जानकारी दिए ।
यसअघि प्रतिष्ठानले संस्कृतिविद् डा. जगमान गुरुङलाई सम्मान गरिसकेको छ । प्रतिष्ठानले साहित्यिक गतिविधिसँगै बाल साहित्यको विधालाई प्रोत्साहन दिँदै आइरहेको छ । नियमित रुपमा रचनावाचन गर्दै आएको प्रतिष्ठानले भजन चुड्कालाई पनि संरक्षण गरिरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width