आदर्श चौतारीको वृक्षरोपण तथा गोडमेल

आदर्श समाज सम्वाददाता
असार २६, २०७८
lions ll

पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको आयोजनामा पोखरा १० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा शुक्रबार वृक्षरोपण तथा गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न जातका ३० नयाँ बिरुवा रोपिएको थियो भने पुराना बिरुवामा मल हाली गोडमेल गरिएको संयोजक रुकबहादुर गुरुङले जानकारी दिए ।
वृक्षरोपण कार्यक्रम वर्ष २०२१/२२ का डिपार्टमेन्ट चिफ वसन्त गिरीले बिरुवा रोपी शुभारम्भ गरे । वृक्षरोपण शुभारम्भ गर्दै बिरुवा रोप्नुमात्रै ठूलो कुरा नभई मलजल र गोडमेल गर्नु प्रशंसनीय कार्य गरेकोप्रति क्लबलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा डिपार्टमेन्ट कोचिफ वासुदेव कोइराला, पूर्व अध्यक्ष तथा रिजन चियर पर्सन भरत राज सिग्देल, जोन चियर पर्सन कल्पना आचार्य बास्तोला, निवर्तमान अध्यक्ष मोहनराज पौडेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width