पोखरा, ८ असार । विश्व संगीत दिवस अवसरमा पोखराबाट ‘वन डढेको देखिन्छ हजुर…’ गीत सार्वजनिक गरिएको छ ।
जोजिजु म्युजिक सेन्टर एन्ड म्युजिक स्कुलले भर्चुअलमार्फत दिवसको शुभकामना आदानप्रदानसँगै गीत सार्वजनिक गरेको हो ।
गायक, संगीतकार तथा म्युजिक स्कुलका निर्देशक वीनित जोजिजुको स्वर, राकेश अप्जसीको संगीत रहेको सो गीतको रचना वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले गरेका हुन् । गीत जोजिजु म्युजिक सेन्टरको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गीतकार सरुभक्त श्रेष्ठ, झिगुभाय झिगु संस्कृति पुचः अध्यक्ष संगीत तथा सस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठ, नेवाः ल्याम्ह पुचः कास्की अध्यक्ष मधुसूदन जोशी, गोर्खाली एफएमका स्टेसन मेनेजर खीमा गुरुङ, जोजिजु म्यूजिक स्कुलका ड्रमसेट प्रशिक्षक विशाल प्रतेल, गायक संगीतकर्मी स्कुलका निर्देशक वीनित जोजिजु लगायतले विश्व संगीत दिवसबारे चर्चा गरेका थिए ।
यस्तै, वीनित जोजिजु सहित म्युजिक स्कुल प्रशिक्षार्थी पुकारसिंह ठकुरी, शोभा गुरुङ, एसस्बी भोछिभोया, बाबगायिका उत्प्रेरणा जोजिजु लगायत गायन प्रस्तुति राखेका थिए । २ वर्षकै उमेरमा ड्रमसेट बजाएर विश्व कीर्तिमान कायम गर्न सफल बालप्रतिभा उत्प्रेम जोजिजुले ड्रम सेट बजाएका थिए भने म्युजिक स्कुल व्यवस्थापक तथा प्रशिक्षक सानु जोजिजुले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
पाइन खबर साँझमा हरिदेवीका गीत
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१