यूएनडीपीद्वारा ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७८
help UNDP

पोखरा । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले गण्डकी प्रदेश सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । युएनडिपी टोलीले सामाजिक विकास मन्त्रालयमार्फत गण्डकी प्रदेश सरकारलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले जानकारी दिए ।

उनले अक्सिजन कन्सन्ट्रेटर कोभिड १९ का बिरामीको जीवन रक्षाका लागि उपयोगी रहेको स्पष्ट पारे । युएनडिपीले ५ लिटर र १० लिटरका कन्सन्ट्रेटर प्रदान गरेको हो ।

अक्सिजन कन्सन्ट्रेटर ग्रहण गर्दै सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले अक्सिजन कन्सन्ट्रेटर आवश्यक्ता अनुसार प्रदेशका विभिन्न अस्पतालमा पठाइने बताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा, सहसचिव शम्भु ज्ञवाली, डब्लुएचओका भानु याङेदेन, युएनडिपीका प्रकृति जिसी र सरीता धौभडेल लगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै