दमौली । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका तनहुँका विद्यालयमा फोन पाठशाला शुरु हुने भएको छ । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयका नेपाली भाषा शिक्षकहरुले अब मोबाइलबाट विद्यार्थीलाई पढाउने भएका छन् ।
विद्यार्थी सिकाइ सहजीकरणका विभिन्न वैकल्पिक तरिकाहरुको अभ्यास गरिरहेको रुम टु रिडले फोन पाठशालाको अवधारणा अगाडि बढाएको हो । कोरोना कहर र निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि फोन पाठशाला सञ्चालन गर्न लागिएको छ । यसका लागि साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ३३ विद्यालयका ६१ जना नेपाली भाषा शिक्षण गर्ने शिक्षकलाई अभिमुखीकरण गरिएको छ ।
फोन पाठशाला मार्फत् पुनः विद्यार्थीहरुसँग जोडिन पाउने भएपछि उत्साहित भएको भानु संस्कृत माध्यमिक विद्यालयका शिक्षक गीता आचार्यले बताउनुभयो । भृकुटी माध्यमिक विद्यालयका शिक्षक देवी सिग्देलले विद्यार्थीको सिकाइका लागि फोन पाठशाला प्रभावकारी हुने बताउनुभयो ।
कोरोनाका कारण विद्यालय बन्द भई विद्यार्थीको सिकाइमा भएको क्षति कम गर्न फोन पाठशालाको अवधारणा अगाडि बढाएको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत एलबी खड्काले जानकारी दिनुभयो । विद्यार्थी सिकाइ सहजीकरणका लागि रुम टु रिडले रेडियो स्कूल, अनलाइन पुस्तकालय र फोन मार्फत् अभिभावक शिक्षा समेत सञ्चालन गरिरहेको छ ।
विद्यालयका कक्षाकोठामा रमाउनुपर्ने बालबालिकाहरु कोरोना कहरले घरमै बस्न बाध्य हुँदा पठनपाठनमा क्षति पुगेको छ । घरमा बसिरहेका विद्यार्थीको सिकाईमा सहजीकरणका लागि फोन पाठशाला सञ्चालन हुने संस्थाले जनाएको छ । संस्थाले सबै पालिकाका शिक्षा शाखा प्रमुखहरुसँग यसबारेमा अनलाइन बैठक समेत गरेको छ । सबै पालिकाले यसका लागि अनुमति दिएका छन् । फोन पाठशालामा विद्यार्थीहरुको सिकाई कठिनाइका आधारमा हरेक विद्यार्थीलाई के सिकाउने भनी कार्ययोजना तयार गर्ने र सोही कार्ययोजना अनुसार विद्यार्थीलाई महिनामा कम्तिमा तीन पटक फोन गरी फोनबाट सिकाइने रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत खड्काले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१