तत्काल खोप व्यवस्था गर्न कास्कीका ५ दलको माग   

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
Khop Photo 1

गण्डकी ।  कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना सङ्क्रमणको महामारी र यसले सबै गतिविधि ठप्प भएका कारण आमनागरिकका लागि कोभिडविरुद्वको खोप पहिलो आवश्यकता भएको भनिएको छ ।

विज्ञप्तिमा प्रदेश सरकार र स्थानीय सरकार नागरिकको अपेक्षाअनुसार खोप भित्र्याउन असफल भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । शिक्षकलगायत विभिन्न पेशा, व्यवसायमा आबद्व नागरिकलाई खोपको प्राथमिकता राख्न र दोस्रो मात्राको खोप लगाउन नपाएका नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।    रासस

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…
  • ‘महिलाहरू आर्थिकरुपमा मजबुुत हुनुपर्छ ’

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा उपमेयर मञ्जुुदेवी गुुरुङले महिलाहरू आर्थिकरुपमा मजबुुत हुनपर्ने बताएकी छन् । पोखरा १५ ले आयोजना गरेको कृष्टल माला,…

hero news full width