पोखरा, २४ जेठ । राष्ट्रिय संगीतकर्मी संघ कास्कीले जिल्लाका विभिन्न ४३ घरधुरीलाई राहत वितरण गरेको छ । कोभिड–१९ कारण सबै क्षेत्र प्रभावित भएको भन्दै यसपालि पनि राहत वितरण गरिएको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी गराए।
संघ कास्की अध्यक्ष ऋषिराम दाहालले कलाकारको हकहितसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै जानेक्रममा राहत वितरण कार्यक्रम गरेको बताए।
लेखनाथमा राहत लिँदै सुत्केरी महिलाका पति युवराज बजगाईंले राष्ट्रिय संगीतकर्मी संघ कास्कीप्रति आभार व्यक्त गरे । दोहोरी साँझ व्यवसाय संघ कास्की कोषाध्यक्ष जयकुमार परियारले संगीतकर्मी संघको राहत वितरण अभियानमा आफ्नो पनि साथ रहेको बताउँदै कलाकारको हकहितका लागि काम गर्ने बताए।
राहत वितरण कार्यक्रममा खास्टे ताल विकास समिति अध्यक्ष हरिप्रसाद अधिकारी, समाजसेवी इन्द्रराज रानाभाट, पत्रकार भीमपाणि बराल, संस्थाका सल्लाहकार फर्सबहादुर भाट क्षत्री, सल्लाहकार नारायणप्रसाद सिग्देल, संगठन विभाग प्रमुख ईश्वरराज भण्डारी, समाजसेवी मित्रलाल सिग्देल, संस्थाका कास्की जिल्ला इन्चार्ज लीला पौडेल लगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
पाइन खबर साँझमा हरिदेवीका गीत
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१