स्याङ्जा । सामान्यतया हिमाली क्षेत्रमा फल्ने स्याउ स्याङ्जामा पनि फलेको छ । गल्याङ ९, अमिलाथुममा गत वर्षदेखि स्याउ फलेको हो। हिमाली जिल्लामा फल्ने स्याउ पहाडमा पनि फलेपछि स्थानीयले चासो देखाएका छन् ।
करिब ५ वर्षअघि रोपेको चकलेटी स्याउले गत वर्षदेखि फल दिन लागेको नारायण अर्यालले जानकारी दिए ।
नारायणका भाइ मुक्तिले दिदीको घरबाट एउटा स्याउको बिरुवा ल्याएर रोपेका हुन् । आँगनको डिलमै रोपेको स्याउ सप्रेर अहिले ठूलो बुटो बनेको छ ।
बलाममा रहेका भिनाजु हरिप्रसाद पाण्डेले सालालाई बिरुवा दिएका थिए । सुन्तला फल्ने स्याङ्जामा स्याउ पनि फल्न थालेपछि किसानले चासो बढाएका छन् । अमिलाथुममा सुन्तला पनि फल्छन् । अन्यत्रभन्दा यहाँ कम उत्पादन हुन्छ सुन्तला । दक्षिणतर्फ फर्केको भूभाग, कालीगण्डकीको होचो भूभाग रहेकाले यहाँ आँप, लिची, केरा, मेवा खेती भने राम्रो हुन्छ ।
सुन्तला फल्ने जिल्लामा स्याउ पनि फल्न थालेपछि स्थानीयबासी अचम्मित हँुदै हेर्न जाने गरेका छन् ।
Related News
सम्बन्धित समाचार
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१