अर्वुद रोग निवारण संस्थाको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७८
cancer

पोखरा, १५ जेठ । नेपाल अर्वुद रोग निवारण संस्था कास्कीले विपन्न परिवारको उपचारमा आर्थिक सहयोग गरेको छ ।

संस्थाले विश्व धूमपानरहित दिवस (मे ३१) अवसरमा शनिबार २ जना बिरामीको लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष प्रेमबहादुर भुजेलले फोक्सोको क्यान्सरबाट प्रभावित भइ उपचाररत अति विपन्न परिवारका ५६ वर्षीय पुरुष र ६७ वर्षीया महिला गरी २ जनालाई उपचार सहयोगार्थ सो रकम सहयोग गरिएको जानकारी दिए ।

संस्थाका अध्यक्ष भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार डा. कालु शर्मा सुवेदी, रामचन्द्र थापा, नारायण पराजुली, शान्तकुमार श्रेष्ठ, तीर्थबहादुर बस्नेत र मुना बास्तोलाको उपस्थिति रहेको सचिव डिल्लीप्रसाद शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै