चितवन । कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो ।
जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा यस जिल्लाका सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो । यो सङ्ख्या क्रमशः २ सय हुँदै ४ सय ६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमित वढ्दै गएको हो ।
कार्यालयको तथ्याङ्क अनुसार वैशाख २४ गते ४ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । वैशाख ३० गते ७ सय ७३ को परीक्षण गर्दा ३ सय ५१ जनामा सङ्क्रमण देखियो । अहिले यो घट्दै आएको उहाँले बताउनुभयो । वैशाख ३१ गते देखि विस्तारै सङक्रमित घट्दै गएका छन् । वैशाख ३१ गते २ सय ३० मा रहेको सङ्ख्या विस्तारै घट्दै जेठ ६ सम्म आइपुग्दा दैनिक १५० हाराहारीमा पुग्यो । उहाँले भन्नुभयो, “अहिले सङ्क्रमित सय देखि डेढसय हाराहारी छ ।”
वैशाख २८ देखि जिल्लामा एण्टीजिनको प्रयोग मार्फत कोरोना सङ्क्रमित छुट्याउन थालिएको छ । सोमार्फत जिल्लामा हालसम्म एक हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दोस्रो चरणको सङ्क्रमणका कारण वैशाख १८ देखि यता ५ हजार ३ सय ८१ जना सङ्क्रमित भइसकेका छन् । जिल्लामा हाल सम्म १३ हजार ३ सय ६३ जना सङ्क्रमित भइसकेका छन् जसमध्ये ४ हजार ८ सय ८५ जना सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये १ सय ५८ अस्पतालको आइसोलेसनमा छन् भने ४ हजार ६ सय ८५ जना होम आइसोलेसनमा र १५ जना सार्वजनिक आइसोलेसनमा छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण २ सय १४ जनाको मृत्यु भएको छ ।
कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार शुरुआती समयमा परिक्षण गरिएका मध्ये ५० प्रतिशत सङ्क्रमित आउने गरेकोमा अहिले एक साता देखि २० देखि २५ प्रतिशतमा घटेको छ । नयाँ आउने घटेको भएपनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढी भएकाले अझै जोखिम कम नभएको उहाँले बताउनुभयो । सक्रिय सङ्क्रमित १ हजार भन्दा कम नभएसम्म जिल्लामा जोखिम कम नहुने उहाँले जानकारी दिनुभयो । निको भएर घर फर्कन दैनिक ५० हाराहारी छन् । उहाँले भन्नुभयो, “सङ्क्रमित घर फर्कन थालेसँगै अस्पतालहरुमा बिरामीको चाप पनि कम हुँदै गएको छ ।” निषेधाज्ञाको सकारात्मक प्रभाव देखिएको उहाँले बताउनुभयो । जनताले स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोना कहर जित्न सकिने उहाँको बुझाइ छ । कोरोना कहरका कारण जिल्लामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ । सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण शहरी क्षेत्रमा कोरोना सङ्क्रमण धेरै देखिएको उहाँले बताउनु भयो ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१