दमौली । कोरोनाविरुद्धको खोप खरिद गर्न तनहुँका स्थानीय तहले स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छन् ।
कोरोना भाइरसबाट आक्रान्त नागरिकलाई बचाउन मन्त्रालयमा पत्राचार गर्दै खोप किन्ने अनुमति मागेको म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् । गाउँपालिकामा कोभिड संक्रमितको संख्या बढ्दै गएको र रोकथामको लागि खोप नै भरपर्दो भएको हुनाले आफ्नै स्रोतबाट खोप किन्ने निर्णय गरिए बमोजिम अनुमति माग गरिएको उनले बताइन् ।
व्यास नगरपालिकाले खोप उपलब्ध गराउन नसके किन्ने वातावरण मिलाउ केन्द्र सरकारसँग माग गरेको छ । नागरिकको जीवन रक्षाका लागि विकास बजेट कटौती गरेर खोप किन्न चाहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘केन्द्र सरकारको मुख ताकियो भने समयमा खोप लगाउन सकिँदैन’, उनले अघि भने, ‘त्यसैले आफैँ खोप किनेर जनतालाई लगाउन नगरपालिकाले यो कदम चालेको छ ।’
स्थानीयले कोरोनाविरुद्धको भ्याक्सिन माग गरेकाले यथाशीघ्र उपलब्ध गराइदिन मन्त्रालयसँग अनुरोध गरिएको न्यौपानेले बताए । उनले भने, ‘खोप उपलब्ध गराउन नसके खोप किन्ने अनुमति दिए पुग्छ । हाम्रा नगरवासीलाई खोप लगाई कोरोनाबाट सुरक्षित गराउन चाहन्छौं ।’
केन्द्र सरकारले आवश्यक खोप उपलब्ध नगराएपछि देशका विभिन्न स्थानीय तह आफैँले स्वास्थ्य मन्त्रालयसँग खोप किन्न अनुमति माग्ने गरेका छन् । यसअघि स्याङ्जाको वालिङ नगरपालिकाले समेत खोप किन्न मन्त्रालयसँग अनुमति माग्दै पत्राचार गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१