नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा १० बेडको आइसियु कक्ष सहितको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापाका अनुसार जिल्ला अस्पतालमा जोडिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । अक्सिजन प्लान्टबाट दैनिक १८ सिलिन्डर अक्सिजन उत्पादन हुने उनले जानकारी दिए ।
सो सञ्चालनसँगै तत्कालका लागि अक्सिजन अभाव टरेको बताए । तथापि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन प्लान्टले मात्र पुग्ने अवस्था भने नरहेको उनले बताए ।
डिसिसिएमसीको बैठकले जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिस्तार गर्ने निर्णय समेत गरेको छ । जिल्लामा अक्सिजन अभाव हुन थालेसँगै विपत व्यावस्थापन सहयोग समितिले विभिन्न उद्योगबाट सिलिन्डर संकलन गरी अक्सिजन भर्ने गरेको थियो ।
जिल्ला अस्पतालमा प्लान्ट थप गर्न विभिन्न संघ–संस्थाले सहयोग गर्न चाहेमा जिल्ला अस्पतालको खातामा वा लेखा शाखामा गएर रकम बुझाउन सकिने डा. थापाले जानकारी दिए ।
त्यसैगरी १० बेडको आइसियु सेवा पनि सञ्चालनमा आएको छ । आइसियुमा हाल २ जना संक्रमितको उपचार भइरहेको छ ।
यस्तै, मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सेवा बिस्तारका लागि स्थानीयस्तरबाट सहयोग जुट्ने क्रम सुरु भएको छ । सोको लागि अस्पताललाई २ लाख ४४ हजार रुपैयाँ सहयोग गरिएको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१