लमजुङ । ठाडोभाकाका गायक तुलबहादुर दुराको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा आफ्नै निवास सुन्दरबजार नगरपालिका–३, दुराडाँडा, मिलनवस्तीमा निधन भएको हो । भारतीय सेनाबाट हवल्दार पेन्सनमा आएका तुलबहादुर मिठो स्वरका धनी मानिन्थे ।
ठाडोभाकाका पहिलो सर्जक देउबहादुर दुराको जन्मथलो मध्यनेपाल नगरपालिका–१०, बर्धन गाउँमा जन्म भई त्यही हुर्किएका तुलबहादुर पछिल्लो समय छोराबुहारीसँग दुराडाँडाको मिलनवस्तीमा बस्दै आएका थिए । उनका छोरा श्रीमान् दुरा कुन्छास्थित भगवती प्राविका प्रअ छन् ।
ठाडोभाडाका गायक देउबहादुरपछि दोस्रो पुस्ताका गायक भैरव रानाभाटको दौतरीका रुपमा तुलबहादुर परिचित थिए ।
ठाडोभाकाका चर्चित गायिका चीजा दुरा, डुडी गुरुङ, विष्णु दुरा, तुली दुराका साथमा पनि ठाडोभाका गाएका थिए । उनीहरूबीचको गीतमा कहिल्यै हारजीत हुँदैनथ्यो ।
यसैबीच, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले प्रेरणादायी अभिभावक गुमाएको स्मरण गरेका छन् ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले दुराको निधनले सिंगो समाज मर्माहत भएको बताए । उनले शोक विज्ञप्तिमार्फत स्वर्गीय दुराको पदचाप समाजमा स्थापित गर्ने दायित्व बढेको उल्लेख गरेका छन् ।
Related News
सम्बन्धित समाचार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
पाइन खबर साँझमा हरिदेवीका गीत
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१