अन्तत बादललाई हराइछाडे खीमलालले

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
khim-lal-devkota-1

पोखरा । आजमात्रै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाएका छन् ।

बादलले ४ हजार १४ मतभार पाए। यस्तै, नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेद्‌वार बनेका कृष्णबहादुर तामाङले १३२ मतभार पाए।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षको समर्थन थियो।

बादललाई भने एमालेको केपी शर्मा ओली पक्ष र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको थियो। नेपाल मजदुर किसान पार्टीले आफैं उम्मेदवारी दिएको थियो भने विवेकशील साझा पार्टीले मतदानमा भाग नलिने निर्णय गरेको थियो।

स्थानीय तहतर्फको मतपरिणाम 

जम्मा मतः २३८

खसेको मतः २३३

प्राप्तः कृष्ण बहादुर तामाङ्गः २ – मतभारः ३६

राम बहादुर थापा “बादल”: १०३ – मतभारः १८५४

डा. खिमलाल देवकोटाः १२८ – मतभारः २३०४

५८ जना प्रदेशसभा सदस्यले देवकोटा पक्षमा मतदान गरेका छन् । 

Related News

सम्बन्धित समाचार

hero news full width