कोरोना अचम्मैसँग काल बनेर आएको छ । नजिकका आफन्तहरु धमाधम बितेका छन् । अस्पताल अगाडि एम्बुलेन्सभन्दा शवबहानको लाम ठूलो छ । बजारमा उस्तै साइरन बजिरहेका छन् । बिरामीहरु त बिरामी भइ नै हाले । बिरामी नपरेका मानिस जो सामाजिक सञ्जाल हेरिरहेका छन् उनीहरु पनि आत्तिने अवस्था आइसकेको छ । जन्म वा कुनै खुसियालीको फोटो राख्दा पनि झसँग हुनुपर्ने भएको छ । कारण जता पनि मृत्युका समाचार आइरहेका छन् । मन्त्री र सांसदहरु ग्यासका सिलिन्डर जम्मा गर्न लागेका छन् । सस्तो लोकप्रियता बटुल्न उनीहरु सिलिन्डर बोकेर निर्वाचन क्षेत्रतिर कुदिरहेका देखिन्छन् । मन्त्री अक्सिजनका कुराभन्दा आर्यघाटमा दाउराको अभाव हुन नदिने प्रतिक्रिया दिइरहँदा हामी त्यसैलाई समाचार बनाएर पस्किरहेका छौं ।
हुन पनि अहिले एकातिर रोगको महामारी छ । अर्कोतिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आउने अधकल्चा र नकारात्मक समाचारहरुको उस्तै ओइरो छ । बाँच्न चाहानहरुका लागि समेत समाचार र खबरले मृत्युको मुखमा पुर्याउला जस्तो हुन थालेको छ । बिरामी भएर अस्पताल वा घरमै आइसोलेसनमा बसिरहेकाहरु भन्छन्, ‘सामाजिक सञ्जाल त हेर्नै नसकिने भयो, अझ पत्रकारका स्टाटस त अझै डरलाग्दा हुने ।’ एकजना चिकित्सकले आफ्नो फेसबुकमा उस्तै स्टाटस लेखेको थिए । उनको आसय थियो, मिडियाहरुले जहिल्यै मृत्युको, संक्रमित बढेको र अभाव भएको, अस्पतालमा बेड नपाएको समाचार मात्रै किन लेख्ने ? बरु उपचारपछि निको भएको, यति बेड अझै खाली छन् जस्ता समाचार किन नदिएको होला । अनि कोभिडसँग जुधेर निको भएकाहरुको कथा किन नलेखेको होला ? जुन समाचार पढ्दा पनि बिरामीको मनोबल बढोस् । उनको अपेक्षा सोह्रै आना सही हो । जुन कुराबाट हामी मिडिया तर्केका छौं ।
त्यसो त विश्वभर कोरोनाको त्रास बढिरहेका बेला सञ्चारकमर्मीहरु पनि त्रसित छन् । कति मिडिया बन्द भएका छन् । कति पत्रकार घरमै बसेर काम गर्न वाध्य भएका छन् । एकातिर रोगको त्रास अर्कोतिर रोजगारी गुम्ने त्रास कायमै छ । फिल्डमा पुगेर समाचार संकलन गर्न त्यस्तै खालका स्वास्थ्य सामग्री हामीसँग छैनन् । जोखिम उस्तै मोल्नु परेको छ । तर जति जोखिम भए पनि पत्रकार आफ्नो कर्तव्यबाट विमुख भने हुन हुँदैन । दायित्व सिर्जना गर्नु हुँदैन । यस्ता महामारीमा मिडिया अझै सजग रहनुपर्छ । रोगको महामारी भन्दा सूचनाको महामारी बढ्ता खतरनाक हुन्छ । थोरै नै सही सकारात्मक सन्देश दिने खालका समाचार पस्कन सक्यौं भने बिरामी र उनीहरुका आफन्तमा मनोबल बढ्न सक्छ । यसतर्फ हामीले बेलैमा ध्यान दिन जरुरी छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१