पोखरा । पोखरा विश्वविद्यालय (पोवि) को कार्यकारी परिषद्ले मिति २०७८ जेठ ३ गतेदेखि लागु हुने गरी पदाधिकारी नियुक्त गरेको छ ।
स्कूल अफ इञ्जिनियरिङ पोविका सहप्राध्यापक राजेशकुमार ठगुराठीलाई विज्ञान तथा प्रविधि संकायको डीन पदमा, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोविका सह–प्राध्यापक डा. अमर नागिलालाई स्वास्थ्य विज्ञान संकायको डीन पदमा तथा स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग पोविका सह–प्राध्यापक डा. अजय थापालाई मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा नियुक्त गरिएको छ ।
पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २७(२) ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा २७(३) बमोजिम उनीहरु नियुक्त भएको सूचना अधिकारी लाेकप्रसाद ढकालले बताए ।
कार्यकारी परिषद्ले २०७८ जेठ ३ गतेदेखि नै लागु हुने गरी पोखरा विश्वविद्यालयको रिक्त परीक्षा नियन्त्रक
पदमा ४ वर्षका लागि स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोविका सह–प्राध्यापक डा. तुल्सीराम भण्डारीलाई नियुक्ति गरेको उनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१