मुख्यमन्त्रीमा कृष्णचन्द्रको दाबी, प्रदेश प्रमुखले के गर्लिन् ?

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
krishnachandra

पोखरा । गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी पेस गरेका छन् ।

बुधबार उनले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बहुमत दावी सहित निवेदन बुझाएका हुन् । ‘म्यादभित्र संविधानको धारा १६८ (२) अनुसार डकुमेण्ट सहित आवेदन पेस गरेका छौं ।

उहाँले सपथका लागि बोलाउनुहुन्छ,’ उनले भने, ‘चारवटा दलका बहुमत सदस्य हाम्रो पक्षमा हुनुहुन्छ ।

तीस दिनभित्र विश्वासको मत लिने बेलामा हाउसमा बहुमत हेर्ने हो । त्यतिबेला हामी पुर्याउँछौं ।’ तर प्रदेश प्रमुखले यसबारे कुनै निर्णय दिएकी छैनन् । माओबादी सांसद दीपक कोइरालाले पनि दलको पत्र सहित मुख्यमन्त्री दावी गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै