पोखरा । जनमोर्चा नेपालले कृष्ण थापालाई गण्डकी प्रदेश सभा संसदीय दलको नेताबाट हटाएको छ ।
थापाले दलको निर्देशन विपरीत काम गरेकाले दलको नेताबाट हटाइएको महासचिव मनोज भट्टले बताए ।
यो बारेको पत्र सचेतक पियारी थापामार्फत संसद सचिवालयमा दर्ता भइसकेको छ । उनलाई अब सांसद पदबाट हटाउने बारेमा पनि तयारी भइरहेको पार्टीले जनाएको छ ।
उनलाई सांसद पदबाट नहटाएसम्म गठनवन्धनले सरकारका लागि दाबी गर्ने आधार नपुग्ने भएको छ । त्यसका लागि अहिले ४ बजेसम्मको समय छ ।
वहुमतको सरकार बन्न नसके आजै प्रदेश प्रमुखले पृथ्वीसुब्बा गुरुङलाई पुन नियुक्ति गर्ने छिन् ।
यसैबीच जनमाेर्चाका सांसद कृष्ण थापाले आफूलाई पार्टीले प्रष्टीकरण नसाेधकाे बताएका छन् ।
आफू बागलुङ घर गैसकेकाे भन्दै उनले, कुनै नेताले फाेन नगरेकाे बताए । `मलाई कसैले फाेन गरेकाे छैन । मैले नि गरिनँ,´ उनले भने, `म बागलुङ जैमिनी घरमा छु । बिहान ७ बजे आएकाे हुँ ।´
कांग्रेसलाई साथ दिन नसक्ने भनेर उनले पार्टी ह्वीप नै उल्लंघन गरेका छन् । उनी आफूले कुनै गलत सम्झाैता नगरेकाे बताएका छन् ।
`सरकारमा जान्न । कुनै गलत नियतले सम्झाैता गरेकाे पनि छैन,´ थापा भन्छन्, `मलाई मेराे मनले कांग्रेसलाई सघाउन दिएन । हस्ताक्षर गरिनँ ।´ । कुनैपनि हालतमा विपक्षीलाई सरकार बनाउने प्रश्तावमा हस्ताक्षर नगर्ने उनकाे भनाई छ ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१