हुन्डाइले दियो गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७८
laxmi hyundai

पोखरा । नेपालको लागि हुन्डाइ मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाइले गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ उपचारका बेला चाहिने पिपिइ लगायतका आवश्यक स्वास्थ्य सामग्री हुन्डाइ मोटर कम्पनी, कोरियाको सौजन्यमा सामाजिक विकास मन्त्रालयलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा मद्दत गर्नका लागि ती स्वास्थ्य सामग्री प्रदान गरिएको हुन्डाइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘ यसको मुल उद्देश्य आवश्यकता परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ ।’

लक्ष्मी हुन्डाइले सधैें यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेको छ । लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोगका साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो ।

ग्रुपले २०७२ को महाभूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, विन्ध्यवासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको छ । लक्ष्मी हुन्डाइ पोखरामा मुख्य कार्यालय रहेको लक्ष्मी ग्रुपको भगिनी संस्था हो ।

Related News

सम्बन्धित समाचार

hero news full width