१५५ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
blood donationa

लेखनाथ । लायन्स क्लब अफ पोखरा अभियानले शनिबार आयोजना गरेको रक्तदानमा १५५ युनिट रगत संकलन भएको छ । कोरना संक्रमणका कारण बजारमा देखिएको रगत अभाव कम गर्ने उद्देश्यले क्लबले पोखरा १० अमरसिंहचोकमा रक्तदान गरेको हो ।

क्लबले सामाजिक क्षेत्रमा गर्दै आएको अन्य काममा झैं पहिलो पटक आयोजना गरिएको रक्तदानमा पनि सफलता मिलेको क्लबका संस्थापक अध्यक्ष विनोद ढुंगानाले बताए ।

स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदै आयोजना गरिएको रक्तदानको नेपाल मेडिकल काउन्सिलका बोर्ड सदस्य किशोरविक्रम मल्लले पहिलो रक्तदाता आदर्शमोहन भट्टराईलाई ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

कार्यक्रममा लायन्स क्लबका ब्लड डोनेसन डिपार्टमेन्टल चिफ बालाकृष्ण शर्मा, क्लबका सचिव नन्दप्रसाद पोखरेल र निर्वाचित प्रथम उपाध्यक्ष कृष्ण लम्साल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width