पोखरा । जनमोर्चाका सांसद खीमविक्रम शाहीले सदन छलेर सम्पर्कविहीन भएपछि रोकिएको गण्डकीको प्रदेशसभा बैठक चल्ने सुरसार छैन । यतिसम्म कि अहिले सत्ता–प्रतिपक्ष बीच संवाद टुटेको छ । दुवै पक्षसँग कुरा नगरी सभामुख चुपचाप छन् । दुवै पक्ष आन्तरिक बैठक बसिरहेको छ । तर सदन चलाउने कोर्षको सुरुवात कसैले गरेको छैन । सभामुख नेत्रनाथ अधिकारी जनमोर्चाले आफ्नो सांसद भेटिएको जानकारी गराएपछि मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्ने बताउँछन् ।
यही अवस्थामा संसद चल्न सक्दैन : मुख्यमन्त्री
‘पहिलो कुरा जो हराउनुभयो, जसको जीवनरक्षाको माग भएको छ, उहाँ भेटिएको जानकारी दिनुपर्यो,’ उनले भने, ‘मान्छे नभेटिएसम्म कसरी संसद चलाउने ? भेटिएको थाहा पाएपछि मैले कार्यव्यवस्था बोलाउँछु ।’ संसद स्थगीत भएको दिनदेखि कसैसँग पनि संवाद नभएको बताए । ‘मैले तपाईं मुख्यमन्त्री हो । जनताको रक्षा गर्नुपर्ने दायित्व हो । दलले निवेदन दिएको छ । खोजी गर्नुपर्छ नि भनेको थिएँ,’ उनी भन्छन्, ‘मुख्यमन्त्री ज्यूले एकजना हरायो भन्दैमा किन बन्द गर्ने भन्नुभएको थियो । त्यसपछि मेरो कसैसँग कुरा भएको छैन ।’
सत्तापक्षकै सांसद र मन्त्री कार्यव्यवस्था परामर्श समितिको बैठकमा नआएपछि संसद चलाउने अवस्था नबनेर आफू निस्किएको उनले सुनाए । ‘केहीबेर संसद स्थगित भएपछि सांसद खोजिदिन निवेदन आयो । मैले कार्यव्यवस्थाको बैठक बोलाएँ,’ सभामुख अधिकारी भन्छन्, ‘कार्यव्यवस्था मिटिङमा सत्तारुढ दलका माननीय र मन्त्री ज्यू आउनुभएन । उहाँहरु नआएपछि मैले नै रोकेको हो ।’ सत्तारुढ सांसद बैठकमा आएको भए सोही दिन कार्यव्यवस्थाबाट सर्वसम्मत निर्णय गराएर बैठक चलाउन सक्ने उनको भनाइ छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संसद बैठक अब चल्न नसक्ने बताउँछन् । ‘आफ्नो सांसद सदनमा आएको छ कि छैन भनेर खोज्ने काम संसदीय दलको हो । सभामुखको होइन,’ उनले भने, ‘सभामुखले जे नजिर स्थापित गर्नुभएको छ, यसले पक्षपातपूर्ण व्यवहार देखायो । पार्टीको कार्यकर्ता भएर काम गर्नुभयो । प्रदेशसभा अब सञ्चालन हुन सक्दैन ।’ सभामुखले अस्थिरताको नजिर स्थापित गरेको उनको तर्क छ । ‘बिनाकारण, बिना औचित्य, बिना सन्दर्भ सरकारसँग साजिस रच्नुभयो । कसैसँग छलफल नगरीकन सूचना जारी गरेर हिड्नुहुन्छ भने म हरेक दिन सदन अवरुद्ध गर्छु,’ गुरुङले थपे, ‘सांसदलाइ नआइज भन्छु, हरायो भनेर निवेदन हाल्छु । अनि बैठक चल्छ ? उहाँले अस्थिरताको नजिर देखाउनुभयो ।’ आफूलाई सत्ताबाट हटाउनुपर्ने कुनै कारण नरहेको उनले दोहोर्याए ।
सांसद भेटिएको खबर आएपछि बैठक चल्छ : सभामुख,
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले सदन सञ्चालनको बाटो खोल्न सभामुखसँग आग्रह गरे । आफ्नो पार्टीका सांसद हराएको निवेदनका आधारमा मात्रै सँधै सदन रोक्न नमिल्ने भन्दै उनले संवाद अघि बढाउन अनुरोध गरेका हुन् । ‘हामीले रोक भन्दा रोक्ने, खोल भन्दा खोल्ने त होइन होला नि । सँधै त्यसो गर्न सक्नुहुन्छ र ? कानुन पढेर सदन चलाउनुपर्छ,’ उनले भने, ‘भेटिएको भनेर निवेदन चाहिए दिन्छौं । तर उहाँले आफ्नो दलको स्वार्थका लागि मात्र भन्नुभएको हो । अहिले भोट चाहिएको कारणले अड्को थाप्नुभएको हो ।’
उनले आफ्नो पार्टी संस्थागत निर्णयमा प्रतिवद्ध रहेको बताए । यसैका लागि थप छलफल गर्न विपक्षी ४ दलको बैठक बसेको थियो । ‘नयाँ सल्लाह केही भएन । अवरुद्ध सदन सुरु गरौं भनें । अविश्वासको प्रस्तावको विषयमा टुंगो लगाउने त्यहि त हो नि,’ बैठकबाट फर्किएपछि उनले भने, ‘जनमोर्चालाई निकै मुद्दा बनाइएको छ । भविष्यमा इतिहासले मूल्यांकन गर्ला । पर्दाभित्र वा बाहिर गर्ने कुराको मलाई कुनै सरोकार छैन । म संस्थागत मान्छे हो ।’ उनले सोमबार बैठक चलाउन सुझाव दिएका छन् ।
नेपाली कांग्रेस–माओवादी–जसपा गठजोड आन्तरिक छलफलमै छ । १५ गते मतदान नभएपछि दलका सांसदहरु कुटी रिसोर्टबाट आफ्नै डेरातिर लागेका छन् । दिनहुँ बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले संसद सञ्चालनको मार्ग खोज्न सभामुखलाई आग्रह गरे । ‘हाम्रोमा छिटै सदन बस्ने कुराको प्रक्रिया सुरु भएको छ । हाम्रो तर्फबाट कुनै समस्या छैन,’ उनले भने, ‘छलफल भयो । अब सदन खुलाएर अगाडि बढ्ने नै हो । यसरी नै कति दिन रहन्छ र ?’
वैशाख २ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रश्ताव दर्ता गरेपछि विपक्षीकै मागका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते विशेष अधिवेशन डाकिदिए । प्रस्तावमा छलफल चलिरहेको थियो । कहिले सत्ता र कहिले प्रतिपक्षीको अवरोधले गतिरोधमा फसेको छ । राजनीतिक गतिरोधको अन्त्य र संसद सञ्चालनको वातावरण सिर्जना गर्न नागरिक समाजले समेत दबाब दिएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१