पोखरा । पोखरा ४ गैह्रापाटनमा किनमेल संसार सञ्चालनमा आएको छ । यसअघि अनलाइन व्यवसायमात्रै गर्दै आएको ‘किनमेल संसार’ को आउटलेट शनिबार शुभारम्भ गरिएको छ ।
कलाकारद्वय प्रकाश घिमिरे र माओत्से गुरुङ, रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे र नायिका रजनी गुरुङले रिबन काटेर किनमेल संसार उद्घाटन गरे । पत्रकार संजयकुमार मल्ल र उनकी श्रीमती अञ्जु मल्लले सञ्चालनमा ल्याएका हुन् ।
किनमेल संसारमा ब्रान्डेड बेडसेट उपलब्ध रहेको सञ्चालक मल्लले जानकारी दिए । बेडसेटका लागि आवश्यक पर्ने तन्ना, सिरानी र सिरकसँगै महिला दिदीबहिनीहरुका लागि कुर्तासमेत किनमेलमा उपलब्ध हुनेछन् । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजरसमेत रहेका मल्लले ग्राहकको इच्छाबमोजिम नै आगामी दिनमा आफूहरु अघि बढ्ने प्रतिबद्धता जनाए ।
कलाकार प्रकाश घिमिरेले किनमेल संसारको प्रगतिको कामना गर्दै सकारात्मक सोचले अगाडि बढे सफल भइने बताए । कलाकार तथा चलचित्र निर्देशक माओत्से गुरुङले कोभिडले सबैलाई पाठ सिकाएको भन्दै त्यसको परिणाम संजय मल्ल भएको बताए ।
रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखेले कोभिडका बेला मल्ल परिवारले चुनौतीलाई अवसरको रुपमा लिएको बताइन् । नायिका रजनी गुरुङले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो भएको उल्लेख गर्दै उनले किनमेल संसारले सम्बन्धलाई जोड्ने सेतुको रुपमा रहने विश्वास व्यक्त गरिन् ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१