शिक्षासेवी महेन्द्र थापाको निधन

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७८
mahendra thapa

पोखरा। पोखराका शिक्षासेवी तथा खेलप्रेमी प्राध्यापक महेन्द्र थापाको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा मणिपाल शिक्षण अस्पतालमा उपचारक्रममा बिहीबार राति निधन भएको हो ।

भारतको उत्तराखण्ड भाक्सुमा १९९० साल पुस १८ मा जन्मिएका थापाले पोखराको शिक्षा तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान छ ।

२०१४ सालमा पोखराको तत्कालीन सोल्जर्स बोर्ड भोकेस्नल टे«निङ हाइस्कुल (हाल अमरसिंह नमुना मावि) मा शिक्षक हुँदै प्रधानाध्यापक बनेका उनी २०१८ सालदेखि पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन थालेका थिए । पछि उनी इतिहास संकायको प्रमुख भएर पनि सेवा गरे भने कन्या माविमा समेत अध्यापन गराए ।

पोखरामा पहिलो पटक बास्केटबल खेल सुरु गर्ने उनी नै पहिलो भएको भूपू खेलाडी मञ्च नेपालका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले बताए । त्यसबेला उनले अमरसिंहमा बास्केटबल कोर्ट निर्माण गरेर खेल खेल्न सिकाएका थिए ।

पृथ्वीनारायण क्याम्पसमा विभिन्न खेलकुदको विकासमा उनको महत्वपूर्ण भूमिका रहेको खेलकुदकर्मीको स्मरण छ ।
उनको शुक्रबार धार्मिक परम्परा अनुसार अन्त्येष्टि भयो । थापाका श्रीमती, १ छोरा र ३ छोरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width