व्यवसायी युवालाई तालिम

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७८
sami

पोखरा । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व तथा सामी हेल्भेटासको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौता अनुसार सञ्चालित सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गतको वित्तीय साक्षरता कार्यक्रम ५ दिनसम्म चलेको थियो ।

डिप्रोक्स—नेपालसहित व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको साझेदारी तथा आर्थिक व्यवस्थापनमा वित्तीय साक्षरता एवं उद्यमशीलता विकाससम्बन्धी सो तालिम ५ दिनसम्म चलेको थियो ।

तालिममा सामी परियोजना लागु भएका स्थानीय तहका वैदेशिक रोजगारको सिलसिलामा मलेसियासहित खाडी मुलुकमा काम गरेर नेपाल फर्किएर उद्योग, व्यवसाय सञ्चालन गरिरहेका २० जना युवा सहभागी थिए ।

वैदेशिक रोजगारीका सिलसिलामा सिकेको ज्ञान, सीप, क्षमता र विदेशमा कमाएको पैसालाई सही सदुपयोग गर्दै स्थानीय स्तरमा उद्यमशीलताको माध्यमबाट त्यसलाई सदुपयोग गर्दै सफल उद्यमी बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै