लेखनाथ । पोखरा ३२, राजाका चौतारामा शान्ति, मेलमिलाप र सहअस्तित्वको ऐतिहासिक राजाका चौताराको भूमिपूजन भएको छ ।
बिहीबार एक समारोहबीच भगवती दल गण, फूलबारीका प्रमुख सेनानी दिवाकर कार्कीले शिलान्यासको पूर्वसन्ध्यामा भूमिपूजा गरेका हुन् ।
वडाध्यक्ष, वडा सदस्य, चौतारा पुनःनिर्माण समितिका अध्यक्ष, सदस्य लगायत स्थानीयको उपस्थितिमा भजनकीर्तन सहित भूमिपूजा गरिएको हो । चौताराको नेपाली सेनाका प्रमुख प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको उपस्थितिमा वैशाख १० मा शिलान्यास गर्ने तयारी छ ।
ब्रह्मरुपा मावि परिसरमा करिब १ रोपनी क्षेत्रफलमा राजाको चौतारा नामक चौतारा पुनःनिमार्णमा ऐतिहासिक राजाको झल्को आउने सालिक, चौतारोको व्यवस्थापन, बटुवा बस्ने टहरो, पानीको घडा, पार्क निर्माण नेपाली सेनाको भगवती दल गण फूलबारीले गर्ने भएको छ ।
राजाका चौतारो पूर्वमा कास्कीको देउराली, पश्चिममा गगनगौंडा बजार, उत्तरमा रुपाताल र दक्षिणमा शुक्लागण्डकी नगरपालिकाभित्र विशाल मालमुल फाँटमा अवस्थित छ ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१