गलेमको भलिबलमा पुम्दीभुम्दी प्रथम

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७८
image0

पोखरा। स्याङ्जाको फेदीखोला गाउँपालिका–४ गलेमस्थित शीतला युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगितामा पुम्दीभुम्दी युवा क्लब प्रथम भएको छ ।

फाइनलमा आयोजक शीतला युवा क्लबलाई हराउँदै पुम्दीभुम्दी प्रथम हुँदै २५ हजार रुपैयाँ हात पारेको छ । १० टिम सहभागी प्रतियोगितामा उपविजेताले १५ हजार पायो ।

शीतला आमा समूह अध्यक्ष पूजा गुरुङले विजयीलाई पुरस्कार प्रदान गरिन् ।

शीतला मावि प्रअ तुलसीराम पौडेलले प्रमाणपत्र गरेका थिए भने आयोजक कमिटी अध्यक्ष दीपेन्द्र पौडेलले शील्ड र मेडल प्रदान गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै