पोखरा। बागलुङ निसिखोलाका राज लोप्चन तामाङ उमेरले किशोर नहुँदै बावुआमाले संसार छोडेर गए । डिलबहादुर र मीना लोप्चन दम्पतीका २ भाइ छोरा र छोरीमध्ये राज कान्छा हुन् । राज मात्र ११ वर्षको छँदा आमा र १८ वर्षको छँदा बावुले छोडेर गएका हुन् । दाइले पनि उमेरले २६ वर्ष लाग्दानलाग्दै मिर्गौला समस्याका कारण संसार छोडेपछि बहिनीको स्याहारसुहार गर्ने जिम्मा उनकै काँधमा आइपर्यो ।
मलेसिया जादा सग्लै गएका उनी मेडिकलको रिपोर्टले छाँगाबाट खसेझै भए । रिपोर्टमा दुवै मिर्गौला सुकेको देखियो ।
हातमुख जोर्न धौ धौ भयो । पोखरामा ज्याला मजदुरी गरी बस्ने साहिँला बा रुपालालसँगै उनी पोखरा झरे । केही महिना साइला बासँगै ज्याला मजदुरीको काम गर्न थाले । बहिनीको पढाइमा ध्यान दिन थाले । नेपालमा गर्ने ज्याला मजदुरीले आफू पालिन र बहिनीको खर्च पु¥याउन उनलाई सकस प¥यो । अनि योजना बनाए, विदेश जाने ।
कक्षा ७ सम्ममात्र पढेका राजले विदेश जानकै लागि सेक्युरिटीको तालिम पनि लिए । तालिम लिँदै प्रोसेस गरिरहेका उनको गएको कात्तिकमा उड्ने गरी भिसा झ¥यो । उनको मनमा अब विदेश गएर, पैसा कमाएर केही गरौंला भन्ने सोच पलायो । गएको वर्ष कात्तिकमा तिहार मनाइवरि २७ वर्षीय राज मलेसियातिर उडे ।
मलेसिया पुगेर सुरुमा मेडिकल गराए । जादा सग्लै गएका उनी मेडिकलको रिपोर्टले छाँगाबाट खसेझै भए । रिपोर्टमा दुवै मिर्गौला सुकेको देखियो । त्यसपछि कम्पनीले ‘बस्छस् कि जान्छस् ?’ भनी प्रश्न तेर्सायो ।
बाबुआमा र दाइ गुमाउँदाको पीडा एकातिर थियो भने अर्कोतिर रोग लागेको थाहा पाएपछि उनी इन्तु न चिन्तु बने । उपचार गराउँदै काम गर्ने निर्णय गरेँ । करिब ७ महिना काम गर्दा कुनै समस्या देखिएन । ७ महिनाको अन्तरालपछि शरीरमा केही गाह्रो भएको महसुस भयो । त्यो बेला कोरोनाले संसार घेरिसकेको थियो अनि नेपाल फर्कन्छु भन्दा आउनसक्ने अवस्था रहेन । उनी काम गर्न नसक्ने अवस्थामा पुगे । त्यति हुँदा नि कम्पनीले उनको रोगको कुनै सुनुवाइ गरेन ।
यता, नेपालमा लकडाउन चलिरहेको थियो । उता मलेसियामा उनको किड्नी झन्–झन् सुक्दै थियो । उनी त्यो समय निकै आत्तिए । बाहिरी शरीरमा कुनै समस्या नदेखिए पनि भित्री रुपमा साह्रै महसुस भयो । उतै उपचार गराउँदै बसेका उनी नेपालमा लकडाउन केही खुकुलो भएपछि तिहार मनाउने गरी नेपाल आए । नेपाल आउँदा र उतै उपचार गर्दा ७ महिना कमाएको रकम सकिइसकेको थियो ।
नेपाल झर्ने बित्तिकै चेक गर्न किड्नी सेन्टर पुगे । त्यहाँको रिपोर्ट पनि दुवै मिर्गाैला सुकेको भन्ने नै आयो । केही दिन काठमाडौंमै उपचार गरी भएको पैसा सकिएपछि जन्मघर बागलुङको निसीखोला ७, कुडुले हानिए । पोखराहुँदै मलेसिया पुगेका राजको गाउँ फर्किनु एकमात्र कारण थियो–आफ्नो कारण साहिँला बाको परिवारलाई गाह्रो नहोस् ।
तिहारको बेला नेपाल फर्केका उनी गाउँमा देउसीभैलो हेर्न व्यस्त भएकै बेला स्वास्थ्यमा गम्भीर समस्या देखियो । उनको नाकमुखबाट रगत आयो । तत्काल बुर्तिबाङ चेक गर्न गए । त्यसपछि भोलिपल्टै काठमाडौंको टिचिङ हस्पिटलमा भर्ना गरियो । त्यहाँ जाँच गर्दा दुवै मिर्गौला खराब भएको रिपोर्ट आयो । चिकित्सकले डायलासिस गर्न सल्लाह दिए । उनी ऋण खोजेरै हस्पिटलको साढे २ लाख रुपैयाँ तिरेको अंकल मीनबहादुर लोप्चनले जानकारी दिए ।
करिब १५ दिन काठमाडौं बसाइँपछि पोखरा फर्किएर नियमित डायलासिस गराउन थाले । पोखराको लेकसिटी हस्पिटलमा डायलासिस गर्दा एक पटकको करिब ३ हजार खर्च हुन्छ । अहिलेसम्मको खर्च विदेशमा भएका साथीभाइले पठाएको सहयोगले धानेको उनका अंकल मीनबहादुरले बताए । ‘रकम सकिँदै जाँदा समस्या पर्न थालेको छ । कसरी रकम जुटाउने, कसरी खर्च धान्ने, पिरलोले सताउन थालेकाले सहयोगका लागि हात फिजाउनुको विकल्प छैन,’ मीनबहादुर भन्छन् । रकम जम्मा हुन सके मिर्गौला प्रत्यारोपण गर्ने उनको भनाइ छ । उपचार खर्च जुटाउन यतिबेला राज स्वयं र उनका आफन्तले सहयोगको अपील गरेका छन् ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१