पोखरा । सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सहरी केन्द्रका विद्यालय अनलाइनबाट सञ्चालन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले जानकारी दिए।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय भएको मन्त्री ज्ञावालीले बताए। एक महिनाका लागि भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको हो।
पछिल्लो समय सहरी क्षेत्रमा कोरोना महामारी तीव्र गतिमा फैलिरहेको छ। जसको उच्च जोखिममा विद्यार्थीहरू रहेका छन्। उक्त कुरालाई मध्यनजर गर्दै सिसिएमसीले जोखिम युक्त क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।
सरकारको नयाँ आदेशसँगै अब सहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षा सञ्चालन बन्द हुने भएको छ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१