पोखरा । पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबारदेखि २ दिवसीय क्रिकेट सिरिज हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनमा पोखराको क्रिकेट इतिहासमै पहिलो पटक १९ वर्ष मुनिकाको २ दिवसीय क्रिकेट सिरिज हुने भएको हो ।
उमेर समूहको सिरिजमा ३ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । कास्की, स्याङ्जा, नवलपुर, तनहुँ र बागलुङका खेलाडी छनोट गरी टिम तयार गरिएको पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवरले जानकारी दिए । उनका अनुसार विभिन्न जिल्लाबाट ६५ जना बन्द प्रशिक्षणमा सहभागी थिए । सहभागीमध्ये उत्कृष्ट खेलाडी छनोट गरी टिम तयार गरिएको छ ।
पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजन तथा कास्की क्रिकेट क्लबको व्यवस्थापनमा हुने प्रतियोगितामा कास्कीको रातो, नीलो र हरियो गरी ३ टोलीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । ‘गण्डकी प्रदेशबाट खेलाडी छनोट गरी ३ टिममा विभाजन गरी खेलाइनेछ,’ उनले भने, ‘नयाँ सुरुआत हो । खेलाडीले खेल देखाउने अवसर पाउँछन् ।’
क्रिकेट विकासमा यो नयाँ आयाम हुने अपेक्षा र विश्वास संघले लिएको छ । कास्की क्रिकेट क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले कास्कीको क्रिकेट विकासमा सहकार्य गर्ने पाँउदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि क्रिकेट संघ तथा एकेडेमीसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए । टिम हरियोको कप्तान सुवास भण्डारी हुन् भने प्रशिक्षक रिजन प्रजु छन् । टिम नीलोको कप्तान विकास मुस्कान थापा छन् । गोविन्द प्रधान प्रशिक्षक छन् । टिम रातोको कप्तान विकास अधिकारी र प्रशिक्षकमा विधान श्रेष्ठ छन् ।
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले टोलीलाई जर्सी हस्तान्तरण गरेका थिए । प्रतिस्पर्धाका लागि टिम हरियोका कप्तान भण्डारी तथा प्रशिक्षक प्रजुलाई जर्सी हस्तान्तरण गरिएको थियो । विजेताले ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१