सुष्मा र प्रतीक्षालाई पुरस्कार

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७७
sushma pratikshya

पोखरा । सञ्चारिका पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार सुष्मा पौडेल पुरस्कृत हुने भएकी छन् । सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सो पुरस्कार यस पटक सञ्चारिका समूह गण्डकी प्रदेश पूर्व अध्यक्ष पौडेललाई दिइने भएको हो । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले पौडेलको नाम सिफारिस गरेकोमा कार्यसमितिले बैठकले अनुमोदन गरेको हो ।

आदर्श समाज लगायत मिडियामा रहेर डेढ दशकदेखि पत्रकारिता क्रियाशील पौडेल हाल रेडियो जननिमा आवद्ध छिन् । उनी पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य हुन् । पुरस्कारका लागि शिक्षासेवी कमला प्रधानले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन् । प्रत्येक २ वर्षमा प्रदान गरिने सो पुरस्कार राशि २५ हजार छ । यस्तै, सञ्चारिकाले सञ्चालन गर्दै आएको गुरुङ ब्युटी एकेडेमी जर्नलिज्म अवार्ड–२०७७ बाट यस वर्ष प्रतीक्षा शर्मालाई दिइने भएको छ । सञ्चारिका समूह स्याङ्जा सचिव प्रतीक्षा हाल कान्तिपुर दैनिकमा आवद्ध छिन् । सौन्दर्यकर्मी चिनु गुरुङले स्थापना गरेको सो पुरस्कारको राशि १० हजार छ ।

Related News

सम्बन्धित समाचार

hero news full width