पोखरा । तमु धिं नेपाल सामुदायिक भवन एवं स्वागतद्वार बिहीबार शिलान्यास गरिएको छ । भवन शिलान्यासपछि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पहिचानका नाममा गुरुङहरुमा विभिन्न थर उपथरलाई प्राथमिकता दिँदै गएमा गुरुङको पहिचान नै गुम्ने खतरा औंल्याए । मौलिकताको नाममा कतिसम्म आफ्नो पहिचान संरक्षित हुनसक्छ भन्ने विचार पुर्याउन सुझाव दिँदै जातकै नाममा संकुचित हुन नहुने बताए ।
पोखरा ९ नयाँबजारस्थित तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालमा २ तले सामुदायिक भवन एवं तमु संस्कृति झल्कने स्वागतद्वार शिलान्यास गरिएको हो ।
१ करोड ४२ लाख ८५ हजार ७ सय १४ रुपैयाँ लागतमा निर्माण हुने सामुदायिक भवन तथा स्वागतद्वार शिलान्यासका क्रममा तमु जातिका खेगीहरु पच्यु, क्ल्हेप्री, लामा गुरुहरुले मन्त्र पाठ गरेका थिए ।
भवन एवं स्वागतद्वार निर्माणका लागि गण्डकी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १ करोड र तमु धिं नेपालको जनसहभागिता ४२ लाख ८५ हजार ७ सय १४ रुपैयाँ अर्थात प्रदेश सरकार ७० प्रतिशत र तमु धिं नेपाल ३० प्रतिशतबाट निर्माण गरिने भएको हो ।
कार्यक्रममा तमु धिं नेपालका पूर्व कार्यसमिति सदस्य एवं खेलकुद उपसमितिका संयोजक भई योगदान पुर्याएका तेजबहादुर गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिवमा नियुक्त र जिल्ला प्रहरी कार्यालय कास्की महिला सेल प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङ र निर्माण समिति संयोजक गोपाल गुरुङलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सम्मान गरेका थिए ।
कार्यक्रममा सम्मानित गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङले सम्मानित गरिएकोमा खुसी व्यक्त गरे । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ तमु समाज पोखराद्वारा चुट्का नृत्य प्रस्तुति प्रस्तुत गरेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ र सञ्चालन सचिव जुमबहादुर गुरुङले गरेका थिए ।
यसैबीच भवन तथा स्वागतद्वार निर्माणका लागि तमु फोरम युकेका निर्देशक राजु लेम गुरुङले १ लाख रुपैयाँ प्रदान गरेका छन् ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१