राइनासको राष्ट्रपति रनिङशिल्ड शिशुविद्याश्रम माविलाई

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७७
Shishu-biddha-shram

लमजुङ। राइनास नगरपालिकामा आयोजना गरिएको नगरस्तरीय तेस्रो राष्ट्पति रनिङशिल्डको उपाधि शिशु विद्याश्रम माध्यमिक विद्यालय तीनपिप्लेले जितेको छ । राइनास नगरपालिका– ६ को धमिलीकुवास्थित गौलीटार खेलमैदानमा उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।

चार दिनसम्म सञ्चालन भई सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, ६ रजत र ४ कास्य पदक जित्दै शिशु विद्याश्रम माविले राष्ट्रिपति रनिङशिल्डको उपाधी जित्न सफल भएको राइनास नगरपालिका शिक्षा शाखा उपसचिव पूर्णवहादुर अछामीले बताए । उनका अनुसार प्रतियोगितामा ८ स्वर्ण, १२ रजत र ९ कास्यपदक जितेर विरभक्ति मावि तार्कुघाटले दोस्रो स्थान हासिल गरेको छ । यसैगरी, तृतीय स्थान हासिल गर्न सफल भैरव मावि मोहोरियाले ८ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ ।

नगरपालिका भित्रका १२ विद्यालयले भाग लिएको प्रतियोगितामा शौभाग्योदय माविले ४ स्वर्ण, ४ रजत र ११ कास्य पदक जितेको छ भने शारदा माविले २ स्वर्ण, ४ रजत र २ कास्य पदक हात पारेको राइनास नगरपालिका शिक्षा शाखा उपसचिव पूर्णवहादुर अछामीले जानकारी दिए । उनले शैलपुत्री माविले एक स्वर्ण ४ रजत र ३ कास्य पदक, महेन्द्र बालविकास माविले एक स्वर्ण र दुई रजत पदक, रुद्र माविले एक स्वर्ण, एक रजत र २ कास्य पदक जितेको बताउनु भयो । उक्त प्रतियोगितमा राइनास ग्लोबल बोर्डिङले एक स्वर्ण र ५ कास्य पदक, वुद्धमिलन माविले एक स्वर्ण र तीन कास्य पदक जितेको छ भने ज्ञानोदय माविले एक रजत र २ कास्य पदक जितेको छ ।

उपाधी विजेता शिशु विद्याश्रमले रनिङशिल्डका साथ नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः नगद १० हजार र पाँच हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको राइनास नगरपालिका शिक्षा शाखा उपसचिव पूर्णवहादुर अछामीले जानाकारी दिए । उनका अनुसार अन्य विद्यालयलाई प्रति स्वर्ण वरवार ५ सय, प्रति रजत वरवार ३ सय र प्रति कास्य वरावर २ सयका दरले नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिताका विजयी विद्यालय तथा खेलाडीलाई राइनास– ६ का वडाअध्यक्ष रुकवहादुर तामाङ, शिक्षा शाखा प्रमुख पुर्णवहादुर नेपालीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका हुन् ।
विभन्नि १९ वटा विधामा गरिएको प्रतियोगितामा भलिबल, लङजम्प, हाइजम्प, त्रिपलजम्प, कराँते, ज्याभलिङ थ्रो, सटफुट, एथलेटिक्स अन्र्तगत लामो तथा छोटो दुरीका दौड लगायतका छात्रछात्रा दुवैतर्फ खेलाइको थियो । नगरस्तरीय प्रतियोगिता अन्तर्गत प्रत्येक खेल विधामा प्रथम र द्वितीय हुने जिल्लास्तरमा राष्ट्पति रनिङशिल्ड हुने प्रतियोगितामा लिन पाउने छन् ।

प्रतियोगिताको समापन कार्यक्रममा कार्यपालिका सदस्य वेदप्रकाश भुजेल, निमर्ला चिलुवाल लगायत स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक लगायतको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै