गण्डकी बहुप्राविधिक शिक्षालयमा मन्टेश्वरी तालिम

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७७
montessory training

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय आयोजनामा मन्टेश्वरी शिक्षा सम्बन्धी तालिम सुरु भएको छ ।

तालिम पोखरा उपत्यका नगर विकास समितिको सभाहल र लेखनाथको भण्डारढिकस्थित हलमा सञ्चालन गरिने छ । दुवै स्थानमा वडाको सिफारिस आधारमा २५÷२५ जनाको सहभागिता छ । मिलन केसी र शान्ता खत्रीले तालिममा सहजीकरण गर्ने छन् ।

तालिम उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले प्राविधिक धारका विषयको महत्व बढ्दै गएको बताए । मन्टेश्वरी तालिमप्राप्त सक्षम जनशक्तिलाई रोजगारीका अवसर प्रदान गर्न उनले सरोकारवालासँग आग्रह समेत गरे ।

शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले महानगरभित्रका आर्थिक रुपमा कमजोर तथा बेरोजगार महिलालाई सक्षम बनाई रोजगारीका अवसर सिर्जना गर्न तालिम सुरु भएको जानकारी दिए ।

पोखरा महानरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको अध्यक्षतामा भएको सिटिइभिटी गण्डकी प्रदेश प्रमुख सञ्जय न्यौपानेले प्राविधिक ज्ञानको महत्वबारे बोलेका थिए ।
सो अवसरमा शिक्षा महाशाखा अधिकृत विश्वराज आचार्यले पनि बोलेका थिए ।

शिक्षालयले यसअघि १५ जनाका लागि प्लम्बिङ तालिम दिइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width