आयोजक, कमलपोखरी, एम टुवेल र चाउथे सेमीमा

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७७
Bt Cup News Semifinal

पोखरा । चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक सेतो, कमलपोखरी एफसी, चाउथे क्लब र एम टुवेल अन्तिम ४ मा पुगेका छन् । प्रतियोगिताको फाइनल पुरानो टुँडिखेलमा शनिबार दिउँसो हुनेछ ।

त्यसअघि पहिलो सेमीफाइनलमा आयोजक सेतो र कमलपोखरी एफसी तथा दोस्रो सेमिफाइनलमा चाउथे र एम टुवेलबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक निकेश गुरुङले बताए ।

शुक्रबारको खेलमा सत्य युवा क्लब बाझापाटनमाथी एम टुवेलले ४–१ गोल अन्तरले सहज जित हासिल गरेको थियो । खेलमा एम टुवेलका मनिस क्षेत्री म्यान अफ द म्याच भए ।

त्यस्तै, बाँझापाटन टिम बिलाई कमलपोखरीले २–१ गोल अन्तरले हरायो भने अर्को खेलमा आयोजक विजयी भयो । आयोजक सेतोले मालेपाटनलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

अन्तिम क्वाटरमा नयाँ गल्ली एफसीको चुनौती चाउथे एफसीले २–० गोलअन्तरले पन्छाउँदै अन्तिम चारमा पुगेको हो ।

४२ टिमको सहभागिता रहेको प्रतियोगिता विजेताले १ लाख ३२ हजार र उपविजेताले ८२ हजार २ सय प्राप्त गर्ने प्रचार संयोजक अमृत लामा गुरुङले बताए ।
उत्कृष्ट खेलाडीलाई ५ हजार तथा विधागततर्फ उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र हाइस्कोररलाई जनही ३ हजार दिइनेछ । अनुशासित टिमले ७ हजार प्राप्त गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै