नेपालका पहिलो चार्टर्ड एकाउन्टेन्ट (सिए) का रुपमा ख्याति कमाएका कुवेर शर्माको ८१ वर्षको उमेरमा हृदयघात भई काठमाडौंमा निधन भयो । उनी केही वर्षदेखि विभिन्न रोगहरुबाट पीडित थिए । उनको शनिवार आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी पहिलो चार्टर्ड एकाउन्टेन्ट भएकाले विद्वान् व्यक्तिका रुपमा चिनिन्थे । उनी भ्रष्टाचारीको कट्टर विरोध गर्दथे । आफूले कुनै कम्पनीको अडिट गर्दा देखिएको अनियमितता र भ्रष्टाचारको प्रष्ट साथ देखाउँथे । कम्पनीको विकासका लागि सुझाव पनि दिन्थे । त्यसो हुँदा उनलाई सरोकारवालाले योग्य र इमानदार व्यक्तिका रुपमा सम्मान गर्दथे ।
उनी प्रजातान्त्रिक स्वभावका थिए र प्रजातान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक भाग लिन्थे । राजनीतिक रुपमा उनी नेपाली काँग्रेसका नजिकका थिए । काँग्रेसको आह्वानमा भएको आन्दोलनमा सधैं सरिक हुन्थे । आन्दोलन क्रममा उनी नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईसँग नजिकिएका थिए । भट्टराईको स्वच्छ छविबाट उनी धेरै प्रभावित भएका थिए । एक समय उनले आफ्नो पेसा समेत ख्याल नगरेर भट्टराईको देश दौडाह कार्यक्रममा १ जना कार्यकर्ताको रुपमा सहभागी भएका थिए । २०४८ सालको निर्वाचनमा उनी सप्तरी जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । काँग्रेस पटक–पटक सत्तामा आएको बेला विभिन्न काण्ड देखा परे । नातावाद, कृपावादको आरोप लाग्यो । त्यो उनको स्वाभिमानले सहन गर्न सक्ने र उनले काँग्रेस पार्टी परित्याग गरे ।
काँग्रेस पार्टी परित्याग गरेर उनले आफ्नै किसिमको हरियाली पार्टी गठन गरे । भ्रष्टाचार विरोधी पार्टीका रुपमा हरियालीले आफ्नो पहिचान बनाएको थियो । विकास निर्माण के कसरी गर्ने सम्बन्धमा पनि उनको प्रष्ट विचार र धारणा थियो । उनले समृद्धि र विकासका लागि जनजागरण अभियानै चालेका थिए । उनको त्यो विचारबाट प्रभावित भएर २०५९ सालमा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा गठित मन्त्रिमण्डलमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि भएका थिए । उनी मन्त्री भएका बेला आफ्नो मन्त्रालयको अवधारणा प्रष्ट पारेका थिए । मन्त्रालयमा हुने गरेका भ्रष्टाचार हटाउन कदम चालेका थिए । उनी शिष्ट थिए । जोसँग पनि मैत्रीवत कुरा गर्दथे । उनको निधन यस क्षेत्रको ठूलो क्षति हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१