लोककवि अलि मियाँको स्मरण

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७७
ali-miya-895×914

पोखरा । लोककवि अली मियाँको १०३ आंै जन्मजयन्ती पोखरामा शनिबार मनाइएको छ ।

लोककवि अली मियाँ वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा म्याग्दी चिम्खोलाकी लोक गायिका धनकुमारी थापालाई सम्मान गरिएको छ । नगद, सम्मानपत्र र दोसल्लाबाट उनलाई सम्मान गरिएको हो । गीत संगतिका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

उक्त अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख यादवराज उपाध्यायलाई पनि सम्मान गरिएको छ ।

लोककवि अली मियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार प्राडा रविलाल अधिकारी, प्राडा कुसुमाकर न्यौपाने, हरिदेवी कोइराला, सम्मानित धनकुमारी थापा, पदमराज ढकाल, अम्बिका भण्डारी, लोककवि अली मियाँ वाङ्मय प्रतिष्ठानका सहसचिव फणिन्द्र अकिन्चन लगायतले अली मियाँको योगदान बारे चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै